भारतमा ८ पुग्यो एचएमपीभी संक्रमितको संख्या

नयाँ दिल्ली । भारतमा एचएमपी भाइरस संक्रमितको संख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ संक्रमित फेला परेका छन् ।
यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाँहि गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।
एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२ जना, पश्चिम बंगाल र गुजरातमा १/१ जना गरी ६ जनामा भाइरसको संक्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ ।
देशका ४ राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए । विज्ञहरूले पनि एचएमपीभी नयाँ भाइरस नभएको बताइरहेका छन् । यसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । भाइरस हावामार्फत फैलिने भएकोले सास फेर्दा सर्छ । यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ । डब्लूएचओले स्थितिको अनुगमन गरिरहेको छ र चाँडै नै रिपोर्ट साझा गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की