मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मङ्गलबार, २३ पुस २०८१, १५ : २८
जनकपुर । मंगलबारदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । सभामुख रामचन्द्र मण्डलले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।
सभामुख मण्डलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मधेस प्रदेशको सवारी तथा यातायात विधेयक, प्रदेशको खेलकुद विकास सम्बन्धीको विधेयक र स्थानीय निकाय सम्बन्धीको विधेयक प्रमाणीकरण भएको बैठकलाई जानकारी गराए ।
यी तीन वटै विधेयक प्रमाणीकरण भएर लागु भइसकेको प्रदेश सभाको सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेश सभाको सचिवमा बासुदेव प्रसाद कोइरालालाई नियुक्त गरिएको जानकारी पनि सभामुख मण्डलले गराएका छन् ।
बैठकमा प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । लामो समयपछि सदनको बैठक राखिएको भन्दै प्रदेश सभा सदस्यहरूले गुनासोसहितको शुभकामना सन्देश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण