असदको पतनपछि पहिलो पटक दमस्कस विमानस्थलमा उत्रियो व्यवसायीक विमान
दमस्कस । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदको २४ वर्ष लामो शासन पतन भएको झण्डै एक महिना बितेको छ । यसबिच राजधानी दमस्कसमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान उत्रिएको छ ।
मंगलबार दमास्कस विमानस्थलमा कतारबाट एउटा व्यावसायिक उडान अवतरण भयो । जोर्डनको सरकारी समाचार एजेन्सी पेट्राका अनुसार रोयल जोर्डन एयरलाइन्सको विमान परीक्षणका लागि दमास्कस प्रस्थान गरेको थियो । यो उडानको उद्देश्य नियमित उडान सुरु गर्नुअघि दमास्कस विमानस्थलको प्राविधिक अवस्थाको मूल्याङ्कन गर्ने भएको नागरिक उड्डयन नियामक आयोगका प्रमुख क्याप्टेन हाइथम मिस्टोले बताए ।
एक महिना अघि असद सत्ताबाट च्यूत भएपछि पूर्व सरकारसँगको सम्बन्ध तोडेका अरब र पश्चिमी देशहरूले सिरियाको नयाँ डी फ्याक्टो अधिकारीहरूसँग कूटनीतिक सम्बन्ध सुचारु गरेका छन् । तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा उक्त विद्रोह भएको थियो । यसैबिच आइतबार सिरियाका नवनियुक्त विदेशमन्त्रीले दोहामा आफ्ना कतारी समकक्षी र कतारका प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
डिसेम्बर ८ देश छाडेर भागेका थिए असद
विद्रोहीहरूले राजधानी दमस्कस कब्जा गरेपछि डिसेम्बर ८ मा असद सिरिया छाडेर भागेका थिए । योसँगै उनको २४ वर्षिय शासन त समाप्त भयो नै असद परिवारको पाँच दशकको शासनको पनि अन्त्य भयो । नोभेम्बर २६ देखि सिरियामा एचटीएसको नेतृत्वमा विद्रोह सुरु भएको थियो । १३ दिनमै उक्त समूहले असदलाई सत्ताच्यूत गरे । विद्रोही सेना राजधानी छिरेपछि असद परिवारसहित रुसको शरणमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण