अदालत
गृहमन्त्रीसहित पाँच सांसदविरुद्ध अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’
बुधबार, २४ पुस २०८१, ११ : ५७
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण