अदालत
गृहमन्त्रीसहित पाँच सांसदविरुद्ध अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’
बुधबार, २४ पुस २०८१, ११ : ५७

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’
-
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल