अख्तियारलाई हर्क सापाङले फर्काए पत्र, यस्तो छ जवाफ
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन् । शुक्रबार प्रमुख सापाङले अख्तियारलाई पत्र लेख्दै जवाफ फर्काएका हुन् ।
यसअघि अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारेमा पत्र पठाएको थियो । त्यसको जवाफ उनले ऐन विपरीत कुनै किसिमको योजना नगरिएको जानकारी गराएका छन् । फोहोरै फोहोर रहेको श्रम संस्कृति पार्कलाई बगैँचाको रूपमा परिणत गरिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु १ जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् । सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’
प्रमुख सापाङले धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि खोला–खोली जोडेर धरानेलाई पानी खुवाएको उल्लेख गरेका छन् । उनले त्यो देखिनसहेर उजुरी हालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण