अख्तियारलाई हर्क सापाङले फर्काए पत्र, यस्तो छ जवाफ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन् । शुक्रबार प्रमुख सापाङले अख्तियारलाई पत्र लेख्दै जवाफ फर्काएका हुन् ।
यसअघि अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारेमा पत्र पठाएको थियो । त्यसको जवाफ उनले ऐन विपरीत कुनै किसिमको योजना नगरिएको जानकारी गराएका छन् । फोहोरै फोहोर रहेको श्रम संस्कृति पार्कलाई बगैँचाको रूपमा परिणत गरिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु १ जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् । सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’
प्रमुख सापाङले धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि खोला–खोली जोडेर धरानेलाई पानी खुवाएको उल्लेख गरेका छन् । उनले त्यो देखिनसहेर उजुरी हालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा