आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, २८ पुस २०८१, ०८ : ५१
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण