माउन्टेन इनर्जीको साधारण सभाबाट १५ प्रतिशत बोनस प्रस्ताव पारित
काठमाडौँ । माउन्टेन इनर्जी नेपालको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारण सभा सम्पन्न भएको हो।
कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै साधारण सभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
१५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको साधारण सभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गरेको छ। साधारण सभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण