सङ्घीय निजामती विधेयकबारे के भन्छन् थारु र मुस्लिम आयोगका अध्यक्ष ?
काठमाडौँ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सङ्घीय निजामती सेवा विधेयक ऐन सिद्धान्तमै चुकेको बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि भएको छलफलमा भाग लिँदै विधेयकमा समेटिएको समावेशीकरण प्रभावकारी बनाउने विषय र ३३ प्रतिशत महिलाको व्यवस्था सकारात्मक भए पनि अन्य विषयमा कमजोरी रहेको बताए ।
‘तर, ८२ प्रतिशत खस आर्यबाट र बाँकी अन्य समुदायबाट छ । अलग अलग समुदायबाट ल्याउने कुरा सकारात्मक छ’,अध्यक्ष चौधरीको भनाइ छ । उनले (नायव सुब्बा ) नासुबाट आन्तरिक बढुवामा लैजाने स्थिति रहेको भन्दै त्यसलाई समावेशी बनाउन जरुरी रहेको बताए ।
अति सीमान्तकृत वर्ग जस्तै कमैया थारुमा रहेको भन्दै सरकारले थारु परिचयपत्र दिन नमानेकोमा गुनासो गरे । उनले निजामती सेवामा थारु समुदायबाट ३ प्रतिशत छुट्याउन सुझाव दिए । त्यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायलाई संविधानले क्लस्टर दिए पनि मुस्लिम समुदाय समस्या रहेको बताए ।
‘अहिले विगतभन्दा दयनीय अवस्था छ । मुस्लिम र थारुलाई निजामती क्षेत्रमा प्रवेश गर्न नदिने जस्तो छ । यी दुई समुदायलाई समस्यामा पारिएको छ’, उनको गुनासो छ ।
उनले विधेयक पास नहुँदासम्म दुई समुदायलाई निजामती प्रवेश गराउन मधेसी कलस्टरमा हालेर भए पनि अवसर दिनुपर्ने माग गरे । ‘मुस्लिम समुदाय ५.०९ प्रतिशत छ । यति नै कोटा चाहिन्छ’ मियाँको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण