रवि लामिछानेको आज थुनछेक बहस भएन
काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको आज बहस भएन । आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाए ।
जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेलसहितको टोलीले लामिछानेको बयान आज अध्ययन गर्ने र सोमबारमात्र आफूहरूले थुनछेक बहस गर्ने बताएपछि न्यायाधीशले लामिछानेका कानुन व्यवसायीसँग पनि सल्लाह गरेका थिए ।
बहस नहुने भएपछि लामिछानेका तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ताहरू श्रेष्ठ र पन्तले आफूहरूको जिम्मा वा परिवारको जिम्मामा रिहाइ गर्न प्रस्ताव राखे । उनीहरुले सर्वोच्च अदालतमा यस्तो अभ्यास भएको भनि यस्तो प्रस्ताव राखेका थिए । न्यायाधीशले उनीहरूको प्रस्तावपछि जिल्लामा पनि यसअघि यस्तो अभ्यास थियो कि थिएन भनि प्रश्न गरेका थिए । तर न्यायाधीशले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण