चिनियाँ एप रेडनोटमा ‘टिकटक शरणार्थी’को ओइरो
वासिङ्टन डिसी । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको दिन नजिकिँदै आइरहेको छ । प्रतिबन्ध छल्न चिनियाँ एप रेडनोटमा अमेरिकी टिकटक प्रयोगकर्ताहरूको भिड लागिरहेको छ ।
सोमबार अमेरिकामा एप्पलको एप स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । ‘टिकटकका शरणार्थी’ भन्नेहरूमाझ यो एप डाउनलोडको क्रम बढेको बताइएको छ । रेडनोट टिकटकको चर्चित प्रतिस्पर्धी एप हो ।
चीन, ताइवान र मदारिन भाषा बोल्ने जनसङ्ख्या धेरै भएको ठाउँमा यो एप खासगरी युवाहरूमाझ निकै लोकप्रिय छ । यसमा करिब ३० करोड सक्रिय मासिक प्रयोगकर्ता छन् । जनवरी १९ भित्रमा टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने अमेरिकामा यो प्रतिबन्धमा पर्नेछ ।
प्रतिबन्ध रोक्न कम्पनीले अमेरिकाको सर्वोच्च अदालतमा दिएको अपिलबारे सुनवाइ हुन बाँकी छ । अमेरिकी व्यवसाय नबेच्ने अडानमा कम्पनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण