चिनियाँ एप रेडनोटमा ‘टिकटक शरणार्थी’को ओइरो

वासिङ्टन डिसी । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको दिन नजिकिँदै आइरहेको छ । प्रतिबन्ध छल्न चिनियाँ एप रेडनोटमा अमेरिकी टिकटक प्रयोगकर्ताहरूको भिड लागिरहेको छ ।
सोमबार अमेरिकामा एप्पलको एप स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । ‘टिकटकका शरणार्थी’ भन्नेहरूमाझ यो एप डाउनलोडको क्रम बढेको बताइएको छ । रेडनोट टिकटकको चर्चित प्रतिस्पर्धी एप हो ।
चीन, ताइवान र मदारिन भाषा बोल्ने जनसङ्ख्या धेरै भएको ठाउँमा यो एप खासगरी युवाहरूमाझ निकै लोकप्रिय छ । यसमा करिब ३० करोड सक्रिय मासिक प्रयोगकर्ता छन् । जनवरी १९ भित्रमा टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने अमेरिकामा यो प्रतिबन्धमा पर्नेछ ।
प्रतिबन्ध रोक्न कम्पनीले अमेरिकाको सर्वोच्च अदालतमा दिएको अपिलबारे सुनवाइ हुन बाँकी छ । अमेरिकी व्यवसाय नबेच्ने अडानमा कम्पनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन