विश्वकपअघि ट्रफीसँग फोटोसुट
काठमाडौँ । यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण मलेसियामा आयोजना हुँदै छ । प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित १६ वटा टोलीको सहभागिता रहने छ ।
प्रतियोगताअघि टोलीका कप्तानहरुले ट्रफीसँग फोटोसुट गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ ।
उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् । प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसा कुमारी यादव रहेका छन् ।
_tIsoWyQFhC.jpg)
यसैगरी, विश्वकपका लागि घोषित टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज परेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा भने न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छन् ।
_Ep2bHjUUdS.jpg)
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जनवरी १८ तारिखमा बंगलादेशसँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
प्रारम्भिक चरणको समाप्तपछि प्रत्येक समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुग्ने टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । ‘सुपर सिक्स’ चरणको ‘समूह–१‘ मा प्रारम्भिक चरणको समूह ‘ए’ र समूह ‘डी’ बाट आएका ६ टोली रहने छन् ।
यसैगरी, ‘सुपर सिक्स’ चरणको ‘समूह–२’ मा प्रारम्भिक चरणको समूह ‘बी’ र समूह ‘सी’ बाट आएका ६ वटा टोली रहने छन् । त्यसपछि ‘सुपर सिक्स’ चरणको दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण