भारतमा १८ पुगे एचएमपीभी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो ।
यसअघि पोडुचेरीमा ३ र ५ वर्षका दुई बालबालिकामा एचएमपीभीको संक्रमण भेटिएको थियो । बच्चालाई ज्वरो र खोकी लागे पछि अस्पतालमा भर्ना गरिएको तर अहिले निको हुँदै गइरहेको बताइएको छ ।
भारतमा सबैभन्दा धेरै एचएमपीभी सङ्क्रमित गुजरातमा भेटिएका छन् । त्यहाँ यो सङ्ख्या ४ रहेको छ । त्यस्तै, महाराष्ट्रमा ३, कर्नाटक र तमिलनाडुमा २/२, र उत्तर प्रदेश, राजस्थान, आसाम र बंगालमा १/१ एचएमपीभी सङ्क्रमित भेटिएका छन् ।
एचएमपीभी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि राज्यहरूले सतर्कता बढाएका छन् । पञ्जाबमा वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ । गुजरातका अस्पतालहरूमा धमाधम आइसोलेसन वार्डहरू बनाउने काम भइरहेका छन् । हरियाणामा पनि स्वास्थ्य विभागलाई एचएमपीभी संक्रमितहरूमाथि नजर राख्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण