आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, ०४ माघ २०८१, ०८ : १७
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थाबारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण