जर्मन बुण्डेस लिगामा डर्टमण्डमाथि फ्र्यान्कफर्टको सहज जित
शनिबार, ०५ माघ २०८१, ०६ : १७
काठमाडौं । जर्मन बुण्डेस लिगामा आइन्ट्राच्ट फ्र्यान्कफर्ट विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा फ्र्यान्कफर्टले बोरुसिया डर्टमण्डलाई २-० ले हराएको हो ।
फ्र्यान्कफर्टलाई जिताउन ह्यूगो एकिटिके र ओस्कर होजलुण्डले एक-एक गोल गरे । जितसँगै फ्र्यान्कफर्टले अंक तालिकामा थप सुधार गरेको छ । उसले एक खेल कम खेलेको बायर लिभरकुजेनमाथि दबाब बढाएको छ ।
दोस्रो स्थानमा रहेको लिभरकुजेनको ३८ अंक छ भने तेस्रो स्थानमा रहेको फ्र्यान्कफर्टको ३६ अंक भएको छ । बायर्न म्युनिख भने ४२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण