पाँचवटा रन आउट हुँदा ५२ रनमा समेटियो नेपाल
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसामु जितका लागि ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो ।
नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले ३२ बलमा १९ रन जोडिन् । सीमाना केसीले १६ बलमा १० रन जोडिन् । उनले १ चौका प्रहार गरिन् ।
खेलमा नेपालले खराब सुरुवात गरेको थियो । तेस्रो ओभरमा ३ रनको स्थितिमा सावित्री धामी आउट हुन पुगिन् । छैटौँ ओभरमा कप्तान पूजा महतो २ रन बनाउँदै रन आउट हुन पुगिन् ।
नवौँ ओभरमा सोनी पाख्रिन खाता नै नखोली पभेलियन फर्किइन् । अर्को ओभरमा किरन कुँवर १ रन बनाउँदै बोल्ड आउट भइन् । साना प्रभिन आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ३० रन बनाउन सकेको थियो । त्यसपछि विकेटकिपर अलिषा यादव ४ रन बनाएर आउट हुन पुगिन् ।
सीमाना केसी र अनु कडायत केही बलको अन्तरमा रनआउट हुँदै पभेलियन फर्किए । १७ औँ ओभरमा तिर्सना विश्वकर्मा ३ रन बनाएर आउट हुन पुगिन् । अन्तिम विकेटको रूपमा नेपालले रिया शर्मालाई गुमायो । रिया ५ रन बनाउँदै रन आउट हुन पुगिन् ।

बंगलादेशका लागि जनतौल माउवाले ४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै, नितिशा अक्तेर निशी, अनिषा अक्तेर सोबा र फाओमिदा छोराले १–१ विकेट हात पारे ।
नेपाल समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ । नेपाल एसिया रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएको हो । नेपालले पहिलोपटक यू–१९ महिला विश्वकप खेल्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् । प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसाकुमारी यादव रहेका छन् ।
यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण