बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
आइतबार, ०६ माघ २०८१, २२ : ४६
तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेका छन् । बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण