दक्षिणी सीमामा ट्रम्पले लगाए आपतकाल
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा आपतकाल घोषणा गरेका छन् । गैरकानूनी रूपमा अमेरिका प्रवेशमाथि कडाइ गर्न ट्रम्पले सोमबार उक्त घोषणा गरेका हुन् ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ खाएर ह्वाइट हाउसको ओभल अफिसमा छिरेको केही बेरमै ट्रम्पले यो निर्णय गरेका हुन् । योसँगै ट्रम्पले अब दक्षिणी सीमामा अमेरिका सेना पठाउन बाटो खुलेको छ ।
यस अघि अमेरिकाले अवैध रूपमा घुसेका आप्रवासीहरूलाई सीमामा लगेर छाड्ने गरेको थियो । तर यो नीति अन्त्य गर्ने बताइएको छ । अपराध गर्ने विदेशीलाई उनीहरूकै देश फिर्ता पठाइने उनले बताएका छन् ।
अमेरिका र मेक्सिकोको सीमाबाट अमेरिकामा छिर्ने अवैध आप्रवासीहरूको बढ्दो संख्या अमेरिकी राजनीतिको ठूलो मुद्दाको रूपमा रहेको छ । सोही सीमा भएर अवैध आप्रवासी र अपराधीहरू अमेरिकामा छिरिरहेको ट्रम्पको आरोप छ । अघिल्लो कार्यकालमा मेक्सकोसँगको सीमामा पर्खाल लगाउन ट्रम्पले केही बजेट पनि छुट्टाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण