सेयर बजार
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार
मङ्गलबार, ०८ माघ २०८१, १६ : १८
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्यो ।
मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमानेमा परे । यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ ।
क्ुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ । आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण