नेप्से
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बुधबार, ०९ माघ २०८१, १५ : १०
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि बढेको छ । ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो ।
आज लगानी, अन्य, व्यापार, विकास बैंक, होटल तथा पर्यटन लगायत उपसमूहका कम्पनीमा लगानीकर्ता आकर्षित भए । लगानी उपसमूह ३.८२ प्रतिशतले बढेको छ । अन्य उपसमूह .२४, व्यापार २.४५, विकास बैंक २.७४ र होटल उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण