एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन

धनुषा । एफएओ नेपालले मधेस प्रदेशको जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ । एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप कार्यालय स्थापना गरिएको हो ।
एफएओको भुटान र नेपालका प्रमुख केन शिमिजु र मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घाटन गरे । कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशमा दिगो कृषि तथा ग्रामीण विकास प्रवर्द्धनका अवसरबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन