एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
धनुषा । एफएओ नेपालले मधेस प्रदेशको जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ । एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप कार्यालय स्थापना गरिएको हो ।
एफएओको भुटान र नेपालका प्रमुख केन शिमिजु र मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घाटन गरे । कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशमा दिगो कृषि तथा ग्रामीण विकास प्रवर्द्धनका अवसरबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलबजार नगरपालिकाद्वारा साढे ७५ करोडको बजेट प्रस्ताव
-
मोरङका वडाध्यक्ष र सदस्य पक्राउ
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
-
जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
-
रास्वपाको ‘प्रदेश सभाको खारेज’ प्रस्तावको विरोधमा कांग्रेस, एमाले र नेकपा
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण