समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
काठमाडौँ । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी र महासचिवले रामकुमार एलनले संगठन छाडेपछि विशेष महाधिवेशनको माग उठेको छ ।
माघ ६ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न संगठनका पदाधिकारी, संस्थापक, सल्लाकार र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा केन्द्रीय सदस्य धनराज वास्तविकले आगामी असोजभित्र विशेष महाधिवेशन गरेर संगठनलाई एकजुट र मजबुत बनाउन माग गरेका हुन् ।
‘संगठन अहिले गम्भीर संकटको सामना गरिरहेको छ । वर्तमान केन्द्रीय पदाधिकारी टिमले यसको निकास दिनु पहिलो कर्तव्य हो’, वास्तविकले लिखित प्रस्ताव पेस गर्दै भनेका छन्, ‘संगठनका निर्वाचित अध्यक्ष र महासचिवले नै संगठन छोडिसकेको अवस्थामा हाम्रो संगठनलाई नयाँ ढङ्गले अगाडि लैजानका निम्ति नयाँ नेतृत्व चयन गर्न अनिवार्य हुन्छ । त्यसैले केन्द्रीय कमिटी बैठकले विशेष महाधिवेशनको मिति तय गर्नुपर्छ ।’
उनले आगामी २०८२ असोजभित्र विशेष महाधिवेशन सम्पन्न गर्न सकिएको खण्डमा राम्रो हुने प्रस्ताव गरेका छन् । हाल समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष नवराज छतकुली र महासचिव प्रेम गौतम तोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण