मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
काठमाडौँ । मधेस प्रदेश सरकारले बुधबार प्रदेशसभामा दर्ता गरेको ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रति इन्टेलेक्चुअल फाउण्डेशन नेपालले आपत्ति जनाएको छ । फाउण्डेशनले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयकप्रति आपत्ति जनाएको हो ।
विधेयकमा मधेसमा सरकारी कामकाजको भाषा नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई समेटिएको छ । यो प्रस्ताव मातृभाषीहरूको हितमा नरहेको फाउण्डेशनका अध्यक्ष डा. सूर्य यादवले बताए ।
मधेस प्रदेशको कुल जनसंख्यामा मैथिली भाषा २५ लाख ५१ हजार ९१७, भोजपुरी भाषा ११ हजार ४९ हजार ९६२, बज्जिका भाषा ११ लाख २७ हजार २५५, हिन्दी भाषा १४ हजार २३२ र अंग्रेजी भाषा ४५ जनसंख्या रहेको फाउण्डेशनले जनाएको छ ।
यो प्रस्ताव भाषा आयोगले मधेस प्रदेशको कामकाजको भाषाको रूपमा मैथिली, भोजपुरी र बज्जिकाको सिफारिस गरेको प्रावधान विपरीत रहेको फाउण्डेशनको दाबी छ ।
संविधान विपरीत कुनै पनि कार्य नगर्न फाउण्डेशनले मधेस प्रदेश सरकारसँग जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण