मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुद्वारा मुख्यमन्त्रीको पुत्ला दहन

धनुषा । मधेस प्रदेश सरकारले ल्याएको मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरूले मधेसका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन् ।
मधेस प्रदेश सभामा पेस भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरूले मुख्यमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ ।
विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरूले विरोध स्वरूप पुत्ला दहन गरेको युवा फुलगेन महतोले बताए । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेस गरेकी थिइन् ।
विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली