सेयर बजार
साताभर ६६ अंकले उक्लियो नेप्से
शुक्रबार, ११ माघ २०८१, ११ : १४
काठमाडौँ । यो साताभर सेयर बजार परिसूचक (नेप्से) ६६ अंकले बढेको छ । गत साताको बिहीबार २५८८ बिन्दुमा पुगेर रोकिएको परिसूचक हिजो, बिहीबार २६५४ बिन्दुमा उक्लिएको छ ।
यो साताभर कारोबार भएको ५ दिनमध्ये १ दिनमात्रै बजार घट्यो । हिजो बिहीबार नेप्से परिसूचक ११ अंकले घटेको छ । बुधबार बजार ५२ अंकले बढ्यो, त्यसअघि मंगलबार ५, सोमबार ६ र आइतबार १२ अंकले बढेको थियो ।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो । गत बिहीबार ५ अर्ब ८८ करोडको कारोबार भएको थियो । आइतबार ६ अर्ब १२ करोड, सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको रुपैयाँभन्दा बढीको कारोबार भयो ।
बुधबार यो साताभरकै धेरै ८ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भयो भने हिजो बिहीबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण