सेयर बजार
साताभर ६६ अंकले उक्लियो नेप्से
शुक्रबार, ११ माघ २०८१, ११ : १४

काठमाडौँ । यो साताभर सेयर बजार परिसूचक (नेप्से) ६६ अंकले बढेको छ । गत साताको बिहीबार २५८८ बिन्दुमा पुगेर रोकिएको परिसूचक हिजो, बिहीबार २६५४ बिन्दुमा उक्लिएको छ ।
यो साताभर कारोबार भएको ५ दिनमध्ये १ दिनमात्रै बजार घट्यो । हिजो बिहीबार नेप्से परिसूचक ११ अंकले घटेको छ । बुधबार बजार ५२ अंकले बढ्यो, त्यसअघि मंगलबार ५, सोमबार ६ र आइतबार १२ अंकले बढेको थियो ।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो । गत बिहीबार ५ अर्ब ८८ करोडको कारोबार भएको थियो । आइतबार ६ अर्ब १२ करोड, सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको रुपैयाँभन्दा बढीको कारोबार भयो ।
बुधबार यो साताभरकै धेरै ८ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भयो भने हिजो बिहीबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते