मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता
शुक्रबार, ११ माघ २०८१, १४ : ५३
धनुषा । मधेस प्रदेश सरकारले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता लिएको छ । बुधबार प्रदेश सभामा पेस भएको उक्त विधेयक शुक्रबार प्रदेश सरकारले फिर्ता लिएको हो ।
शुक्रबार बिहान बसेको मधेस प्रदेशको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सरकारले फिर्ता लगेको जानकारी गए ।
विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको थियो । विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण