राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको जिकिर गरेका छन् । शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्वको लागि बनेको बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले विकास निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताए । उनले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन नसकेको बताए । उनले संसद्का दुई ठुला दलहरू नमिलीकन राजनीतिक स्थायित्व सम्भव नभएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे ।
उनले भने, ‘विकास निर्माणको कार्य गर्नको लागि राजनीतिक स्थायित्व भइदिएन भने जतिसुकै राम्रो योजना, परियोजना भएपनि समयमा सकाउन नसक्ने, काममा व्यवधानहरू आउने भएको कारणले गर्दाखेरि अहिले हामीले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार संघीय संसद्का दुई ठुला दल र अन्य सानादलहरु मिलेर यो संयुक्त सरकार बनेको छ ।’
उपप्रधानमन्त्री सिंहले जनताको समस्या समाधान र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा वर्तमान सरकार बनेकोले कसैले अचम्म मान्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण