अपडेट
प्रकाश भुजेललाई थुनामा राख्ने आदेश बदर, धरौटीमा रिहा
शुक्रबार, ११ माघ २०८१, २१ : ०७
१
काठमाडौँ । झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेका हुन् ।
उच्च अदालतले तोकेको २ लाख धरौटी बुझाएर भुजेल रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँको शंखरापुरमा कार्तिक २८ मा भुजेलले चलाएको जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण