आकाशमा कवाज खेलिरहेका यी ग्रहहरू !

काठमाडौँ । सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्क्तिबद्ध भए जस्तै अहिले सौर्य मण्डलका महत्त्वपूर्ण ग्रहहरू पङ्क्तिबद्ध भएर आकाशमा चलमलाइरहेका छन् । उत्तरी गोलार्द्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा आकाशमा शनि, शुक्र वृहस्पति र मङ्गल ग्रहहरू लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ ।
चार वटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा २ वटा मधुरा ग्रहहरू अरुण र वरुण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न
सकिने समितिको भनाइ छ ।
यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुको साथै यो अर्धचन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशा देखि उत्तर पूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने समितिले जनाएको छ । यी ग्रहहरू पङ्क्तिबद्ध रहेता पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहनेछ ।
काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिने कार्यकारी निर्देशक सनत कुमार शर्माले रातोपाटीलाई बताए ।
उनका अनुसार सोमबार साँझ ६ बजेदेखि ८ बजे सम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई थप प्रस्टसँग सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण