करेक्सनकै बाटोमा नेप्से, आइतबार १०.४१ अंकको गिरावट
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आइतबार घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको हो । आज बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भयो ।
गत बुधबार सेयर बजार एकैदिन ५२ अंकले बढेको थियो । बिहीबार ११.१० अंकले करेक्सन भएको बजारले आइतबार समेत करेक्सनलाई निरन्तरता दिएको हो ।
बजारमा आज १२१ कम्पनीको मूल्य घटेको छ । ११६ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ । आज पनि फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरैले घटेको छ । विकास बैंक, माइक्रोफाइनान्स, हाइड्रोपावर लगायत सूचक आज बढेको छ । बजारमा आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआईसी एशियाको डिबेञ्चर सहित चार सेयर स्क्रिपको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फास्ट्रक्चर लगायतको सबैभन्दा धेरै कारोबार भयो । कारोबार भएको सेयर संख्याको आधारमा पुनर्बीमा कम्पनी र कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स अघि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण