अमेरिकामा घर विक्री तीन दशकयताकै न्यूनस्तरमा
आइतबार, १३ माघ २०८१, १५ : ४०
वासिङ्टन डिसी । अमेरिकामा प्रचलनमा आइरहेका घरको विक्री घटेर गएको वर्ष झन्डै तीन दशककै न्यून स्तरमा ओर्लिएको छ । घरको भाउ आकासिएकै अवस्थामा अनि धितो कर्जाको दर पनि बढ्दा घर क्रेताको क्रय शक्ति खुम्चिएर घरको विक्री घटेको हो ।
२०२४ मा अमेरिकामा ४० लाख ६० लाख विद्यमान घर विक्री भएको नेशनल एसोसिएसन अफ रियल्टर्सले शुक्रबार बताएको हो । यो सङ्ख्या सन् १९९५ यताकै न्यून हो ।
अमेरिकाको घरजग्गा बजारमा विक्री हुने कूल घरमा प्रचलनमा रहेका घरको अनुपात धेरै छ । सो अवधिमा घरको औसत मूल्य ४ लाख ७ हजार ५०० डलरको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो ।
योसँगै लगातार १८ औँ महिना पनि विद्यमान घरको मूल्य बढेको थियो । डिसेम्बरमा यस्ता घरको औसत मूल्य ४ लाख ४ हजार ४०० डलर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण