राप्रपामा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो
आइतबार, १३ माघ २०८१, १५ : ५०

काठमाडौँ। राप्रपाको केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष र महामन्त्रीलगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले शनिबारदेखि धारणा राख्न सुरु गरेकामा आइतबार दिउँसोसम्म १३३ जना सदस्यले आ–आफ्नो विचार प्रस्तुत गरेको एक नेताले बताए ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको मौखिक प्रतिवेदन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिक विचारमाथि केन्द्रित रहेर नेताहरूले धारणा राखेको ती सदस्यहरूको भनाइ थियो ।
अब शीर्ष नेताहरूले बैठकमा धारणा राखेपछि आवश्यक निर्णय गरेर आजै बैठक सकिने राप्रपाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता