ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपको आयोगद्वारा अनुगमन
काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका – ११ पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयलाई लिएर माघ १२ गते सुरक्षाकर्मी र प्रदर्शनकारीहरू बिच भएको झडपबारे राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको आयोगको कोशी प्रदेश कार्यालयले अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । यसअघि आयोगले मङ्सिर २ गतेदेखि ८ गतेसम्म पनि स्थलगत अनुगमन गरी वार्ता र सहमतिपश्चात मात्र निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको थियो ।
यस सम्बन्धमा स्थानीय आदिवासी समुदायले पाथीभरा क्षेत्र स्थानीय लिम्बु/याक्थुङ समुदायको सांस्कृतिक एवम् आध्यात्मिक विश्वासको केन्द्र रहेको हुँदा यसको ऐतिहासिक नाम मुक्कुमलुङ नै राख्नुपर्ने, केबुलकार निर्माण कार्य बन्द गर्नुपर्ने, विकास निर्माणका कार्य गर्दा आदिवासी समुदायबाट अग्रिम जानकारी सहितको स्वतन्त्र, सुसूचित सहमति लिनुपर्ने जस्ता मागसहित आयोगमा ज्ञापनपत्र समेत पेस गरेको पोखरेलले बताए ।
झडपमा प्रहरीको गोली लागि सगुन लावती, यमबहादुर लिम्बू र धर्मन पालुङ्वा गम्भीर घाइते भएको तथा उनीहरूको त्रि.वि. शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । यस्तै प्रदर्शनकारीतर्फका अन्य दुई जना घाइतेको ताप्लेजुङ अस्पतालमा उपचार भई डिस्चार्ज गरिएको भने प्रहरीतर्फका ७ जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको छ ।
विकासको अधिकारसँगै नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय अधिकारको संरक्षण र संवर्द्धनको सुनिश्चितता गर्नु राज्यको दायित्व हुनुपर्ने भन्दै आयोगले यसमा राज्य यसप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण