१०० करोड क्लबतिर बढ्दैछ ‘स्काई फोर्स’
नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमार र वीर पहारियाको एरियल एक्सन ड्रामा ‘स्काई फोर्स’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । बक्स अफिसमा फिल्मले बलियो पकड बनाइरहेको छ ।
जनवरी २४ मा रिलिज भएको फिल्मले तीन दिनभित्रै ६१ करोड ७५ लाख भारू कमाएको छ । दुई दिनको बलियो कमाई पछि, फिल्मले आइतबार तेस्रो दिन शानदार बलियो कमाई गरेको छ । तेस्रो दिन, फिल्मले भारतीय बक्स अफिसमा ३१ करोड ६० भारु कमाएको थियो । विश्वव्यापी स्तरमा पनि फिल्मको लोकप्रियता जारी छ । यसैबिच निर्माताहरूले फिल्मको आधिकारिक कमाई तथ्याङ्क सार्वजनिक गरेका छन् ।
निर्माताहरूका अनुसार फिल्मले पहिलो तीन दिनमा ग्लोबल ग्रस बक्स अफिस कलेक्सन ९२ करोड ९० लाख भारु कमाएको छ । भारतीय बक्स अफिसमा पनि कलेक्शन ७३ करोड २० लाख भारु पुगेको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन १५ करोड ३० लाख, दोस्रो २६ करोड ३० लाख र तेस्रो दिन ३१ करोड ६० लाख भारु कमाएको थियो । गणतन्त्र दिवसको बिदाले फिल्मको कमाइको गतिलाई बढाएको थियो । फिल्म करिब १०० करोड भारुमा बनेको हो । फिल्म छिटै १०० करोड क्लबमा सामेल हुने अपेक्षा गरिएको छ ।
‘स्काई फोर्स’मा अक्षय कुमारले भारतीय वायुसेनाका एक अधिकारीको भूमिका निर्वाह गरेका छन् । कयौँ सैनिकहरूको मृत्यु पछि बदला लिने अभियानमा ती अधिकारी निस्कन्छन् । सन्दीप केवलानी र अभिषेक कपूरद्वारा निर्देशित स्काई फोर्स हाई –टेक थ्रिलर फिल्म हो । अक्षयसँगै फिल्ममा वीर पहाडिया पनि छन् । वीरले पनि फिल्ममा भारतीय वायुसेना अधिकारीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सारा अली खान वीरकी श्रीमतीको भूमिकामा देखिएकी छिन् । फिल्ममा निम्रित कौर पनि महत्त्वपूर्ण भूमिकामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण