यथास्थितिवादको अन्त्य नभएसम्म जनताले मुक्ति पाउने छैनन् : ऋषि कट्टेल
काठमाडौँ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले यथास्थितिवादको अन्त्य नभएसम्म नेपाली जनताले मुक्ति नपाउने दाबी गरेका छन् । आइतबार काठमाडौँमा नेकपाद्वारा सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नीतिलाई राजनीतिक संघर्षमा जोड्न सुझाव दिए ।
अहिलेको सत्ताको चरित्र नै समस्या भएकाले यो चरित्र नबदलिएसम्म जतिपटक प्रधानमन्त्री भएपनि केही नहुने कट्टेले बताए । ‘आजको मुख्य समस्या सत्ताको जुन चरित्र छ, त्यो चरित्र नबलिएर समस्या आएको हो । उत्पादनलाई राजनीतिक संघर्षमा जोड्न सक्नुभएन भने नेपाली जनाको मुक्ति हुँदैन । नत्र यथास्थितिवादमा पतन हुने खतरा छ’, उनले भने, ‘६७ प्रतिशत भोट पाएको कम्युनिस्ट नै छ । संसदीय व्यवस्थाबाट कम्युनिस्ट पार्टीले पाउने के हो ? दुई तिहाइ मत पाएको कम्युनिस्ट पार्टीले केही गर्न सकेनन् । विप्लवले पनि मलाई प्रधानमन्त्री बनाइदिनोस् भन्दै म काम गर्छु भन्दैछन् । राजनीतिक संघर्षबाट बाहिरिनुभयो भने ठुलो समस्या आउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण