विश्वभर सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बन्यो 'पुष्पा २'
दक्षिण भारतीय फिल्म निर्देशक सुकुमार निर्देशित ‘पुष्पा २’ ले रिलिजको ५३ औँ दिनमा आइपुग्दा विश्वभर १८६२ करोड भारुको व्यापार गरेको छ।
यो घरेलु बक्स अफिसदेखि विश्वभर कमाइको आँकडा हो। बलिउड मुभी रिभ्युजका अनुसार गत आइतबार यो फिल्मले भारतसहित विश्वभर करिब १.२ करोड रुपैयाँ भारु कमाइ गरेको थियो।
ओटीटीमा कहिले आउँछ 'पुष्पा २'?
सिनेमाघरमा तहल्का मच्चाइरहेको 'पुष्पा २' कहिले ओटीटी प्लेटफर्ममा आउँदैछ ? यो सबैको चासो बनिसकेको छ।
यो फिल्म हलपछि प्राइम भिडियोमा अनलाइन स्ट्रिम हुने बताइएको छ। तर, यसको रिलिज मिति भने तय भइनसकेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
भारतीय सिनेमा इतिहासमा सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बन्यो
व्यावसायिक रूपमा 'पुष्प २' भारतीय सिनेमाको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। सन् २०१६ मा आएको आमिर खानको 'दंगल' ले विश्वभर २०४० करोड भारुको व्यापार गरेको थियो। यो फिल्म अझै पनि सर्वाधिक कमाउने भारतीय फिल्मको शीर्ष स्थानमा छ।
'पुष्पा २' ले आमिर खानको 'दंगल'लाई पछि पार्न सक्ने भारतीय फिल्म विश्लेषकहरूले बताउन थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण