आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चिनियाँ एआई ‘एप’ डीपसीकले अमेरिकी बजारमा उथलपुथल

मङ्गलबार, १५ माघ २०८१, ०१ : ३०
मङ्गलबार, १५ माघ २०८१

काठमाडौं । चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल मच्चाएको छ । कम लागतवाला एआई च्याटबट डीपसीकको प्रभावले वाल स्ट्रीटमा झटका लागेको हो । 

जसकारण अमुक टेक फर्म एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलर बढीको नोक्सान भएको छ । सोमबार बजार खुल्नासाथ अन्य प्रमुख अमेरिकी कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखियो । 

‘डीपसीक’ एप, जसलाई गएको हप्ता लन्च गरिएको थियो । च्याटजीपीटीसहित प्रतिस्पर्धीहरुलाई पछि पार्दै डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप दरिएको छ ।

डीपसीकलाई उसका प्रतिस्पर्धीहरुको लागतको एक अंश जतिका लागि मात्रै विकसित गरिएको थियो । जसले अमेरिकाको एआई प्रभूत्वको भविष्य तथा अमेरिकी कम्पनीहरुले बनाएको लगानी योजनाका सम्बन्धमा प्रश्न उब्जाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप