चीनले पनि अमेरिकामा रहेका अवैध आप्रवासीलाई फिर्ता ल्याउने
बेइजिङ । अमेरिकामा अवैध रूपमा बसिरहेको भनेर पहिचान भएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन चीन तयार रहेको छ । चीन सरकारले अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने बताएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता नलगेमा उनीहरूमाथि कर र प्रतिबन्ध लगाउने धम्की दिएका थिए । हालैका महिनाहरूमा, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले पाँचवटा चार्टर उडानहरूमा सयौँ चिनियाँ नागरिकहरूलाई चीन फिर्ता पठाएको थियो । उनीहरूलाई अमेरिकाले अवैध बासिन्दा घोषित गरेको थियो ।
विभागले चीनले आफ्ना नागरिकहरूलाई अस्वीकार गरेमा भिसा प्रतिबन्धसहित गम्भीर परिणामहरू भोग्नुपर्ने चेतावनी दिएको छ । ‘हामी अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ । प्रमाणीकरण पछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएपछि चीन ती नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ,’ यसबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका थिए । ट्रम्पले गत हप्ता आफ्नो कार्यकालको पहिलो दिन नै अवैध आप्रवासनलाई राष्ट्रिय आपत्काल घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण