अमेरिकी कम्पनीका लागि ‘वेक–अप कल’ हो डिपसिक ?
वासिङटन डीसी । चिनियाँ कम्पनी डिपसिकको उदय अमेरिकी प्रविधि उद्योगका लागि ‘वेक–अप कल’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।
चीनमा डिपसिक लन्च भएपछि एनभिडिया जस्ता अधिकांश प्रमुख प्रविधि कम्पनीको शेयर मूल्य ओरालो लागेका थिए । एकै दिन अमेरिकी शीर्ष प्रविधि कम्पनीहरूले ६ खर्ब डलरभन्दा धेरैको बजार पुँजीकरण गुमाए ।
डिपसिकले आफ्नो आर१ मोडल अमेरिकी प्रतिस्पर्धीको मोडल बनाउन लागेको खर्चको सानो हिस्साले बनेको दाबी गरेपछि अमेरिकामा हलचल मच्चिएको हो । यसले भविष्यमा अमेरिकी एआईको प्रभुत्व र अमेरिकी कम्पनीहरूले योजना बनाइरहेको लगानीको स्तरमाथि प्रश्न उठाएको छ । लन्च भएको एक हप्तामै डिपसिक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने फ्री एप बनेको छ ।
यो खबरमाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले चीनको एआई उद्योगको पछिल्लो प्रगति अमेरिकाको लागि सकारात्मक हुन सक्ने बताएका थिए । ‘त्यही कुरा उनीहरूले सस्तोमा गर्न सक्छन्, कममा गर्न सक्छन् र उही नतिजा दिन सक्छन् भने मलाई लाग्छ यो हाम्रो लागि राम्रो कुरा हो,’ एयर फोर्स वनमा सवार पत्रकारहरूलाई ट्रम्पले भनेका थिए ।
यो ब्रेकथ्रुबारे आफू रत्तिभर पनि चिन्तित नभएको भन्दै एआईको क्षेत्रमा अमेरिकाको दबदबा कायमै रहनेमा उनी ढुक्क थिए । अमेरिकी कम्पनीले एआई बनाउन अर्बौ डलर खर्चेका थिए । मात्रै ६० लाख डलरमा आफ्ना अनुसन्धाताहरूले एआई मोडललाई तालिम दिएको डिपसिकले भनेको थियो । कम्पनीको यो दाबीको अन्य एआई कम्पनीले खन्डन गरेका छन् । अमेरिकाले चीनलाई उन्नत चिप प्रविधि बेच्न रोक लगाएकै समयमा चीनले डिपसिक ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण