अमेरिकाका पूर्वसांसद बब मेनेन्डेजलाई ११ वर्षको जेल सजाय
वासिङटन डीसी । न्यु जर्सीका पूर्वअमेरिकी सिनेटर बब मेनेन्डेजलाई ११ वर्षको जेल सजाय सुनाइएको छ । बुधबार एक न्यायाधीशले अमेरिकाका पूर्वसांसद बब मेनेन्डेजलाई सो सजाय सुनाएका हुन् ।
मेनेन्डेजको घरमा गोल्ड बार र लाखौं डलर नगद फेला परेको थियो । उनलाई जबरजस्ती असुली, न्यायमा अवरोध र इजिप्ट र कतारसँग सम्बन्ध भएका व्यापारीहरूलाई फाइदा पुर्याउन घुस स्वीकार गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो । कतै न कतै तिमीले आफ्नो बाटो बिरायौँ, मुद्दामा सजाय सुनाउँदै न्यायाधीश सिडनी स्टेनले भनेका थिए । मेनेन्डेजले फैसलाविरुद्ध पुनरावेदन गर्ने वाचा गर्दै सजाय सुनाउनु अघि न्यायाधीशलाई उदारताको लागि आग्रह गरेका थिए ।
अदालतमै रोएका थिए मेनेन्डेज
सुनुवाइपछि न्यायाधीशको निर्णय सुनेर मेनेन्डेजको आँखा आँसुले भरिएको थियो । उनले रुँदै न्यायाधीशलाई ‘तपाईंसँग म दयाको याचना गर्छु’ भनेका थिए । आफूले यो अनुरोध आफ्नो लागि नभएर आफ्नो छोराको लागि गरेको पनि उनले बताएका थिए ।
दसकौँ सेवा गरेर पनि अहिले मेनेन्डेज ‘गोल्ड बार बब’ भनेर चिनिएको उनको वकिलले भनेका थिए । घुसखोरीको षड्यन्त्र र विदेशी एजेन्टको रूपमा काम गरेको आरोपमा दोषी ठहरिएपछि मेनेन्डेजलाई उक्त नाम दिइएको थियो । एक प्रभावशाली सांसदले आफ्नो पदको दुरुपयोग गरेकोले यो मुद्दालाई घोर दुराचारको रूपमा हेरिएको उनको भनाई थियो । यस मामिलामा अभियोजकहरूले मेनेन्डेजको लागि १५ वर्षको सजाय माग गरेका थिए । तर प्रतिवादी पक्षका वकिलले भने आठ वर्षभन्दा बढीको सजाय नदिन अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण