बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता, बढायो अंक दुरी
आइतबार, २० माघ २०८१, ०४ : ४०
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेका छन् । शनिबार राती भएको खेलमा बायर्नले घरेलु मैदानमा होल्स्टीन किलसँग ४-३ को संघर्षपूर्ण जित निकाल्यो ।
बायर्नलाई जिताउन ह्यारी केनले दुई गोल गर्दा जमाल मुसियाला र सर्ज ग्नब्रीले एक-एक गोल गरे । जवाफमा स्टेभेन स्कर्जयब्स्की र फिन पोरथले ३ गोल गोल फर्काए ।
बोरुसिया डर्टमण्डले एफसी हेडेनहाइमविरुद्ध २-१ को जित निकाल्दै १० औं स्थान ओगटेको छ । उसको २० खेलबाट २९ अंक भएको छ ।
शीर्ष स्थानको बायर्नको ५१ अंक भएको छ भने एक खेल कम खेलेको बायर लिभरकुजेनको ४२ अंक छ । जहाँ ९ अंकको दुरी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण