सेयर बजार
७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार
आइतबार, २० माघ २०८१, १५ : १३
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरु भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो ।
आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढ्यो । ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण