काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
आइतबार, २० माघ २०८१, १९ : ५९

काठमाडौँ । भारतीय अभिनेत्री श्रीया शरण काठमाडौँ आएकी छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी आइतबार टोलीसहित काठमाडौँ आएकी हुन् ।
केही समय अगाडि नेपालमा छायांकन भएको यो फिल्म दोस्रो चरणको छायांकनका लागि उनी नेपाल आएकी हुन् । सोमबारदेखि काठमाडौँमा सुरु हुने छायांकनका लागि सोमबार अभिनेता जगपति बाबु नेपाल आउनेछन् ।
फिल्मको १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा फिल्म छायांकन हुने निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । उनले फिल्म काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताए ।
अभिनेता शरणले तामिल, तेलुगु र हिन्दी फिल्ममा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान