काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
आइतबार, २० माघ २०८१, १९ : ५९
काठमाडौँ । भारतीय अभिनेत्री श्रीया शरण काठमाडौँ आएकी छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी आइतबार टोलीसहित काठमाडौँ आएकी हुन् ।
केही समय अगाडि नेपालमा छायांकन भएको यो फिल्म दोस्रो चरणको छायांकनका लागि उनी नेपाल आएकी हुन् । सोमबारदेखि काठमाडौँमा सुरु हुने छायांकनका लागि सोमबार अभिनेता जगपति बाबु नेपाल आउनेछन् ।
फिल्मको १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा फिल्म छायांकन हुने निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । उनले फिल्म काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताए ।
अभिनेता शरणले तामिल, तेलुगु र हिन्दी फिल्ममा काम गरेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण