बक्स अफिसमा शाहिदको बिजोग
मङ्गलबार, २२ माघ २०८१, १३ : ४७
मुम्बई । शाहिद कपुर र पूजा हेगडे स्टारर चलचित्र ‘देवा’ ले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको छ । चलचित्रले चार दिनमा मात्र २१ करोड भारतीय रुपैयाँ कमाउन सकेको छ ।
रिलिजको चौथो दिन चलचित्रको कमाइ २.२५ करोड भारुमा समेटिएको छ । साकनिल्कको रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन ५.५ करोड, दोस्रो दिन ६.४ करोड र तेस्रो दिन ७.२५ करोड भारु कमाएको थियो । यस चलचित्रको बजेट ५० करोड रुपैयाँ रहेको छ ।
उता, अक्षय कुमारको ‘स्काई’ले रिलिजको ११ औँ दिन १.३५ करोड भारु कमाएको छ । चलचित्र गत २४ जनवरीमा रिलिज भएको थियो । चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा १०१.३५ करोड कमाएको छ । चलचित्रले विश्वभर १२९ करोड कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण