पर्शुराम बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न उच्च अदालतको आदेश
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) विरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ मुद्दामा उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको हो ।
इन्द्रकुमार योञ्जन तामाङले दर्ता गरेको रिटमाथि उच्च अदालतले सुनुवाइ गर्दै प्रदेश खेलकुद विकास बोर्डलाई सात दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न मंगलबार आदेश दिएको हो ।
‘यसमा के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? जारी हुनु नपर्ने भए सोको आधार कारण र भए प्रमाणसहित बाटोको म्याद बाहेक ७ दिन भित्र मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेश मार्फत लिखित जवाफ पेस गर्नू भनी विपक्षीका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि उत्प्रेषण परमादेश मुद्दाको मिसिल साथै राखी नियमानुसार पेस गर्नू,’ आदेशमा उल्लेख छ ।
उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा सदस्य सचिव बस्नेत र प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण