अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
वासिङटन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी विदेश नियोग यूएसएडमार्फत विश्वव्यापी रूपमा दिइने आर्थिक सहायता रोकेको छ । ट्रम्प सरकारको यो निर्णयको प्रभाव विश्वभर परेको छ ।
यस कदमको प्रभावले कयौं देशमा यूएसएडमार्फत चलिरहेका परियोजना बन्द हुने र त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा पाइरहेको जागिर खोसिने निश्चित प्रातः बनेको छ । तर इरानको सरकारले भने यसमा खुशी व्यक्त गरेको छ ।
इरानी मिडियाका अनुसार विदेशी कोष रोक्ने अमेरिकी निर्णयले इरानमा रूढिवादी सरकारका विरोधीहरू र उदारवादीहरूले प्राप्त गर्ने कोषलाई पनि असर गर्नेछ ।
अमेरिकी सरकारले विश्वभर लोकतन्त्रलाई प्रवद्र्धन गर्न विभिन्न माध्यमबाट आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसैबिच, इरानका उदारवादीहरूले विदेशी सहायता रोक्ने ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । यसले इरानका कट्टरपन्थीहरूलाई प्रोत्साहन दिने चिन्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण