सेयर बजार
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
बुधबार, २३ माघ २०८१, १५ : ०९
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा झरेको हो ।
आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागे पनि फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिएका छन् । बुधबार फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्यो । यो उपसमूह मात्रै ५.६७ प्रतिशतले उकालो चढेको छ ।
आज कुल ११३ कम्पनीको मूल्य घट्यो । १२२ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बधुबार सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घट्यो ।
उपकार लघुवित्त, छ्याङ्दी जलविद्युत् र सेन्ट्रल फाइनान्सको मूल्यमा १० प्रतिशतको वृद्धि भयो । बुधबार समग्रमा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण