जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो ।
समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवलगायतका छन् ।
त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुखमा रेणुका सिंहलाई जिम्मेवारी तोकेको छ । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुखमा पूर्णबहादुर बस्नेत र उपप्रमुखमा शम्भु झा, महिला विभागको प्रमुखमा प्रमिला यादव र उपप्रमुखमा शशी लिङदेन, स्वास्थ्य तथा जनससंख्या विभागको प्रमुखमा डा.सुरेन्द्र यादव, उपप्रमुखमा डा.अब्दुल कलाम अन्सारीलाई जिम्मेवारी दिएको छ ।
सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागको प्रमु्खमा विनिता यादव र उपप्रमुखमा विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागको प्रमुखमा सञ्जय सिंह र उपप्रमुखमा मालामति राना थारु, वन वातावरण तथा विपद व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा प्रमुखमा उदयकान्त मिश्र, उपप्रमुखमा रामबहादुर जाग्री, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभागको प्रमुखमा हेमचन्द्र महतो, उपप्रमुखमा प्रचण्ड पौडेल, शिक्षा विभागको प्रमु्खमा योगन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल तथा उद्योग वाणिज्य तथा आपूर्ती विभागको प्रमुखमा लक्ष्मण गुरुङलाई जिम्मेवारी तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण