जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने
बिहीबार, २४ माघ २०८१, १२ : ४६
वासिङटन डीसी । अमेरिकाले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुन लागेको जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागिता नजनाउने भएको छ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले सामाजिक सञ्जालमा यो जानकारी शेयर गरेका हुन् ।
‘दक्षिण अफ्रिकाले धेरै नराम्रो काम गरिरहेको छ । यसले सार्वजनिक प्रयोगको लागि निजी सम्पत्तिहरू अधिग्रहण गरिरहेको छ’ पोष्टमा उनले लेखेका छन् ।
‘मेरो काम अमेरिकाको राष्ट्रिय हितलाई अगाडि बढाउनु हो, करदाताहरूको पैसा खेर फाल्नु वा अमेरिका विरोधी भावनालाई बढावा दिनु होइन’ पोष्टमा लेखिएको छ ।
दक्षिण अफ्रिकाले जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनको विषयवस्तुको रूपमा एकता, समानता र दिगोपनलाई रोजेको छ । जोहानेसबर्गले २०२५ मा जी–२० शिखर सम्मेलनको अध्यक्षता गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण