जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने
बिहीबार, २४ माघ २०८१, १२ : ४६

वासिङटन डीसी । अमेरिकाले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुन लागेको जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागिता नजनाउने भएको छ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले सामाजिक सञ्जालमा यो जानकारी शेयर गरेका हुन् ।
‘दक्षिण अफ्रिकाले धेरै नराम्रो काम गरिरहेको छ । यसले सार्वजनिक प्रयोगको लागि निजी सम्पत्तिहरू अधिग्रहण गरिरहेको छ’ पोष्टमा उनले लेखेका छन् ।
‘मेरो काम अमेरिकाको राष्ट्रिय हितलाई अगाडि बढाउनु हो, करदाताहरूको पैसा खेर फाल्नु वा अमेरिका विरोधी भावनालाई बढावा दिनु होइन’ पोष्टमा लेखिएको छ ।
दक्षिण अफ्रिकाले जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनको विषयवस्तुको रूपमा एकता, समानता र दिगोपनलाई रोजेको छ । जोहानेसबर्गले २०२५ मा जी–२० शिखर सम्मेलनको अध्यक्षता गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने