डीपसिकले प्रयोगकर्ताको डेटा चीन सरकार र सेनालाई पठाइरहेको छ : अमेरिका
वासिङटन डीसी । हालैको हप्तामा चिनियाँ कम्पनी डीपसिकले एआई जगतमा तरङ्ग ल्याएको छ । अमेरिकी कम्पनीको तुलनामा निकै कम पैसा खर्चेर एआई मोडल बनाएको दाबीपछि अमेरिकी प्रविधि कम्पनीहरू छायाँमा परे ।
डीपसिकलाई टक्कर दिन अमेरिकी कम्पनीहरूले एकपछि अर्को एआई मोडल पनि ल्याइरहेका छन् । डीपसीकमाथि अमेरिका समेत अन्य दुई देशले प्रतिबन्ध लगाइसकेका छन् । यसैबिच अमेरिकाको एउटा अनुसन्धान संस्थाले डीपसिकले लुकीछिपी प्रयोगकर्ताको डेटा चीन सरकार र सेनालाई दिइरहेको दाबी गरेको छ । यो दाबी यूएस सिक्योरिटी रिसर्चर्स ले गरेको हो ।
चिनियाँ एआई च्याटबट डिपसीकको च्याटबोटको वेब लगइन पेजमा निकै अस्पष्ट कम्प्युटर स्क्रिप्ट भएको र यसलाई बुझ्दा यसको कनेक्शन चीनको सरकारी दूरसञ्चार कम्पनी चाइना मोबाइलको स्वामित्व भएको कम्प्युटर पूर्वाधारसँग भएको अमेरिकी अनुसन्धाताहरूले दाबी गरेका छन् । यो कोड डीपसिकमा खाता बनाउन र यूजर लगइन प्रक्रियाको हिस्सा भएको उनीहरूको दाबी छ । आफ्नो गोपनीयता नीतिमा डिपसिकले चीनभित्र रहेको सर्भरमा डाटा स्टोर गरेको कुरा स्वीकार गरेको छ ।
खोज्ने क्रममा चाइना मोबाइलको लिंकमा पुगिएको अनि यसले च्याटबोट चाइनीज सरकारसँग सिधैं जोडिएको संकेत गरेको अनुसन्धाताहरू बताउँछन् । चाइना मोबाइल र चिनियाँ सेनाको बीचमा घनिष्ठ सम्बन्ध भएको दाबी पनि उनीहरूको छ । डीपसिक र चाइना मोबाइलले यसबारे सोधिएको प्रश्नको उत्तर दिएको छैन । यो विश्लेषण डिपसीकको वेब वर्जनमा मात्रै लागू हुने बताइएको छ । अनुसन्धाताहरूले यसको मोबाइल वर्जनको विश्लेषण गरेका छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण