'रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?'
काठमाडौँ । रास्वपा सांसद विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले सरकार गठन भएको पनि ६ महिना भैसकेको भन्दै राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राखे पनि सहकारी पीडितले रकम नपाएको भन्दै रविलाई जिल्ला घुमाउँदैमा पीडितको रकम फिर्ता हुन्छ भनेर प्रश्न गरेकी हुन् ।
‘सहकारी समस्या समाधान भयो त ?’, सरकारलाई प्रश्न गर्दै उनले भनिन्, ‘म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ?’ कठायतले सरकारले पीडितलाई न्याय दिने भन्दा पनि सभापति रवि लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले बयानका नाममा जिल्ला जिल्ला घुमाइएको आरोप लगाइन् ।
‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? हुन्छ भनिदियोस् सरकारले । हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण